स्याङ्जाको कोल्मामा चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता हुँदैं
स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले यहि पौष ७ गते चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।स्याङ्जा, मंसिर २७ : स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मामा चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले यहि पौष ७ गते चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
दौडअन्तर्गत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी र मेडल पाउनेछन । यसैगरी, १० किलोमीटरतर्फ प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी र मेडल पाउनेछन्। महिलातर्फको ५ किलोमीटरतर्फ प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतीयले ५ हजार नगद पाउने पोख्रेलले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, पुतलीबजार नगरपालिकाका प्रमुख तुल्सीराम रेग्मी लगायतका अतिथिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यसअघि पहिलोपटक २०७५ मा गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोना महामारीका कारण रोकिएको थियो ।
स्याङ्जा सदरमुकामबाट करिब ९ किलोमिटरको दुरीमा कोल्मा पुगिन्छ । कोल्मामा कोल्माकोट मन्दिर समेत रहेको छ त्यहाँ वडा दशैं, चैते दशैं लगायतका चाड पर्वहरुमा मेला लाग्ने गर्दछ । परापूर्व कालमा कोल्मामा रहेको यहि कोल्माकोटमा रहेको कालीका मन्दिरमा त्यस वरपरका ७ सय घरधुरीका स्थानीयहरु गएर पुजाआजा गर्ने भएकाले यस ठाउँलाई ७ सय कोल्मा भन्ने गरिएको किम्बदन्ती पाइन्छ ।
कोल्मा र यस वरपरका विभिन्न स्थानहरुलाई पर्यटनको सम्भावना पनि बोकेको र देश विदेशमा छरिएर रहेका युवा पुस्ताहरुलाई खेल प्रतिको रुची वढाउनका लागि दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।