कोरोना भाइरसले चीनको कार्बन उत्सर्जन दश करोड मेट्रिक टन घट्यो
कोरोना भाइरसको महामारीले चीनको उर्जा माग र औद्योगिक उत्पादनमा ह्रास ल्याएको छ। यसका साथै करिब दश करोड मेट्रिक टनले कार्बन उत्सर्जन पनि घटेको छ। त्यति नै मात्रामा चिलील....
कोरोना भाइरसको महामारीले चीनको उर्जा माग र औद्योगिक उत्पादनमा ह्रास ल्याएको छ। यसका साथै करिब दश करोड मेट्रिक टनले कार्बन उत्सर्जन पनि घटेको छ। त्यति नै मात्रामा चिलीले एक वर्षमा कार्बन उत्सर्जन गर्दछ।
कार्बन ब्रिफ नामक संस्थाले गरेको विश्लेषण अनुसार यात्रामा गरिएको कडाइ, लामो विदा र न्यून आर्थिक गतिविधि लगायत भाइरसको प्रभावले दुवै नतङ्ग्रिएको देखाएको छ। जनवरी २५ देखि सुरू भएको करिब दुई साता लामो चिनियाँ नयाँ वर्षताका यस्तै सुस्तता छाउने गर्छ।
पर्व सुरू भएको दश दिनपछि दुई साता लामो अवधिमा उत्सर्जन भएको कार्बनबारे प्रतिवेदनमा उल्लेख गरिएको छ। अघिल्ला पाँच वर्षको सोही अवधिको कार्बन उत्सर्जनसँग त्यसको तुलना गरिएको छ। सो अवधिमा सन् २०१९ मा चीनले ४० करोड मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको छ।
यो वर्ष करिब ३० करोड मेट्रिक टन कार्बन उत्सर्जन हुने अनुमान गरिएको छ। कोइला उत्पादन पनि विदाका कारण घटेको छ। चिनियाँ नयाँ वर्ष सुरू हुनु एक महिनाअघि अघिल्ला वर्षहरूकै दाँजोमा फोसिल फ्युल जलिरहेको थियो। त्यसपछि चार वर्ष यताकै न्यून भएको विश्लेषणले देखाएको छ।
खाली शहर र सार्वजनिक यातायातका दृश्य नै उत्सर्जनमा भएको ठूलो ह्रासको प्रमाणजस्तो देखिए पनि चीनको उर्जा खपतमा उद्योगको वर्चश्व छ। चीन सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सङ्घर्षरत छ। तेल प्रशोधन, उर्जा उत्पादन र स्टिल बनाउनलाई कोइलाको प्रयोग न्यून भएकाले उत्सर्जनमा पनि कमी आएको हो।
अल्पकालीन कटौती कायम रहे चीनको वार्षिक उत्सर्जन मात्रै एक प्रतिशतले घट्नेछ। तर यस्तो हुने कुनै ग्यारेन्टी छैन। संक्रमण दर घटेपछि र सुरक्षा बढेपछि उर्जा उत्पादन तथा उद्योग दुवै बढाउने चीनसँग पर्याप्त क्षमता छ।
ब्लुमबर्ग एनइएफको अनुसन्धान अनुसार चीनको उत्पादकत्वमा ह्रास आए पनि पूर्वाधार केन्द्रित सरकारी योजनाले उत्सर्जन बढ्न सक्ने देखिएको छ। यसका लागि चीनले कोइला जलाउनुपर्छ र सिमेन्ट तथा स्टिलको प्रयोग पनि बढाउनुपर्छ।
टाइम