Kathmandu Press

कांग्रेस महामन्त्री कोइराला किन गए भारत ?

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन्। 

केही दिनअघि भारतको उत्तर प्रदेशको भ्....

कांग्रेस महामन्त्री कोइराला किन गए भारत ?

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन्। 

केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री कोइराला बिहीबार अपरान्ह बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ।

बनारसमा रहँदा कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कोइरालासँगै केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दीपक गिरी, नेताहरु उदय शम्शेर राणा र दीपक खड्का पनि भारत गएका छन्।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्