Kathmandu Press

नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत 

नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत 

काठमाडौं, मंसिर २५ : अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार अर्थमन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासंगको परामर्श बैठकमा उनले, सरकारले लगानीकर्ताको चाहाना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन्। 

Hardik ivf

लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए। 

मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए। सो अवसरमा सरोकारवालाले सरकारले गर्नु पर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए। 

सरकार सो सम्मेलनअघि नै आवश्यक आधारभूत तयारी गर्न तयार रहेको पनि प्रष्ट पारे। 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्