Kathmandu Press

कोरोना भाइरसका कारण ईपीएल क्रिकेट स्थगित 

काठमाडौं, फागुन २२ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि चैत १ गतेबाट सुरु....

कोरोना भाइरसका कारण ईपीएल क्रिकेट स्थगित 
फाइल

काठमाडौं, फागुन २२ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि चैत १ गतेबाट सुरु हुने भनिएको ईपीएल क्रिकेट प्रतियोगिता स्थगित गरिएको हो। 

बिहीबार पत्रकार सम्मेलन गरी ईपीएलका प्रमुख अमिर अख्तरले अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित भएको जानकारी दिए। 

‘ईपीएलको तयारी अन्तिम चरणमा आएको थियो। तर, खेलाडी र समर्थकको सुरक्षाका कारण प्रतियोगिता अहिले गर्न नसकिने भयो,’ उनले भने। यो सिजन वेष्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेल ईपीएल खेल्न आउने पक्का थियो।
 

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्