लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १३ मध्यामिक विद्यालयको सहभागीता थियो।काभ्रे, मंसिर २४ : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोशी गाउँपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १३ मध्यामिक विद्यालयको सहभागीता थियो।
प्रतियोगितामा विन्दावासिनी माध्यामिक विद्यालयकी वविता विक प्रथम भएकी छिन्। प्रतियोगितामा १५० पूणरङ्क रहेकोमा विकले १०१ दशमलव ५ नम्बर ल्याएर प्रथम भएकी हुन्।
यस्तै, चेतना माध्यामिक विद्यालयकी छात्रा डोल्मा लामा द्वितीय र हरिशिद्धि माध्यामिक विद्यालयकी छात्रा मनिता तामाङ तेस्रो भएकी छिन्। लामाले ९४ दशमलव ५ र तामाङले ९१ दशमलव ५ अंक प्राप्त गरेकी थिईन्। प्रथम, द्वितीय र तृतीयले क्रमश ५ हजार, १० हजार र १५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन्।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले समाजमा कुनै पनि सन्देश पुर्याउन विद्यार्थीको प्रयोग गरिए छिटो र सकारात्मक सन्देश पुग्ने बताए। उनले विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरको शिक्षा तथा ज्ञान पनि अपरिहार्य भएकाले पनि यो प्रतियोगिताको आयोजना गरेको बताए। हिजोको अवस्थाबाट आजसम्म आईपुग्दा समाजमा विस्तारै समाजमा चेतनाको विकाश हुँदै गएको उनको भनाइ छ।