Kathmandu Press

बाल सङ्गठनका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिने

विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए।
बाल सङ्गठनका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिने

काभ्रे, मंसिर २४ : काठमाडौं विश्वविद्यालय र नेपाल बाल सङ्गठनबीच बाल सङ्गठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने विषयमा सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल बाल सङ्गठनद्धारा सञ्चालित बाल गृहहरुमा संरक्षित कक्षा १२ उत्तिर्ण गरेका बालबालिका मध्ये कम्तिमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने भएको हो।

Hardik ivf

काठमाडौं विश्वविद्यालयको केन्द्रिय परिसर धुलिखेलमा आइतबार आयोजित कार्यक्रममाझ विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार बाल सङ्गठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नु पर्नेछ । यसका लागि विश्वविद्यालयले बाल सङ्गठनको पाँचखाल, काभ्रेमा रहेको जमीन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जिर्णोद्धार गर्ने तथा नयाँ संरचना निमाण गर्ने सहमति भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका कुलपति प्रा डा भोला थापाले छात्रवृत्ति मार्फत बालबालिकाको भविष्यसँग जोडिन पाउँदा विश्वविद्यालयलाई गर्व लागेको बताए। उनले भने, ‘विशेष गरी पाँचखालले काठमाडौं विश्वविद्यालय र बालबालिका प्रति देखाएको सद्भाव प्रशंसनीय छ।’

त्यसैगरी बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सङ्गठनमा आश्रित बालबालिकालाई उज्यालो भविष्य दिलाउन पाएकोमा खुशी व्यक्त गरिन्।

दश वर्षमा नवीकरण हुने गरी दुई पक्षवीच सम्झौता भएको  हो। नेपालका ७७ वटै जिल्लामा शाखा भएको बाल सङ्गठनमा हाल ३६० भन्दा बढी बालबालिका संरक्षित छन् ।

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्