मिस वर्ल्ड टोनी नेपालमा
काठमाडौं, फागुन २२ : मिस वर्ल्ड-२०१९ टोनी-अन सिंह नेपाल आएकी छन्। उनी बिहीबार मध्याह्न नेपाल पुगेकी हुन्।
मिस वल्ड सिंहसँगै मिस वल्ड आयोजकका....

काठमाडौं, फागुन २२ : मिस वर्ल्ड-२०१९ टोनी-अन सिंह नेपाल आएकी छन्। उनी बिहीबार मध्याह्न नेपाल पुगेकी हुन्।
मिस वल्ड सिंहसँगै मिस वल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लस पनि नेपाल आएका छन्। तीनै जना बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
मिस नेपाल आयोजक हिडेन ट्रेजरको निमन्त्रणमा उनीहरू नेपाल आएका हुन्। हिडन ट्रेजरको २५औं वार्षिकोत्सवका सहभागी हुन उनीहरू नेपाल आएको जनाएको छ।
तीन दिने भ्रमणका क्रममा उनीहरूले मकवानपुर र सिन्धुपाल्चोक पनि भ्रमण गर्ने जनाएको छ।
प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784539922.jpg)