Kathmandu Press

अमेरिकाको टेनेसीमा भीषण आँधी : ६ जनाको मृत्यु, २३ जना घाइते

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।
अमेरिकाको टेनेसीमा भीषण आँधी : ६ जनाको मृत्यु, २३ जना घाइते
Hardik ivf

ह्युस्टन, मंसिर २४ : अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्