प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको जनाएको छ।
बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्र....

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको जनाएको छ।
बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। बिहीबार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाएको छ। प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।अहिले उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784539922.jpg)