Kathmandu Press

गोरखामा जनप्रतिनिधि चढेको जिप दुर्घटना, वडासचिवको मृत्यु, सात जना गम्भीर घाइते

गोरखा, फागुन २२ : गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थल....

गोरखामा जनप्रतिनिधि चढेको जिप दुर्घटना, वडासचिवको मृत्यु, सात जना गम्भीर घाइते

गोरखा, फागुन २२ : गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा  सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जिपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका छन्।

घाइतेहरुको दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार काठमाडौंको नर्भिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको छ। रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जिप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्