Kathmandu Press

जाजरकोट भूकम्पले क्षति पुगेका घर बनाउन सहुलियत कर्जा

भूकम्प प्रभावितको परेका परिवारलाई बैंक तथा वित्तित संस्थाले २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
जाजरकोट भूकम्पले क्षति पुगेका घर बनाउन सहुलियत कर्जा

काठमाडौं, मंसिर २२ : जाजरकोट भूकम्पले क्षति पुगेका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने भएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा शुक्रबार सार्वजनिक गरेको छ।

Hardik ivf

भूकम्प प्रभावितको परेका परिवारलाई बैंक तथा वित्तित संस्थाले २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

‘सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा उल्लेख छ ।

यस्तै कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्