बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ जना घाइते
चितवन, फागुन २२ : पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बु....

चितवन, फागुन २२ : पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान २ बजे वीरगञ्जबाट काठमाडौं जान लागेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्किएको थियो।
बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ। ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।











-1784539922.jpg)