Kathmandu Press

भिरबाट खसेको ढुंगाले लागेर बाजुरामा एकको मृत्यु

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए।
भिरबाट खसेको ढुंगाले लागेर बाजुरामा एकको मृत्यु
Hardik ivf

बाजुरा, मंसिर २१ : बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुंगा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिइन्र। विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, मंसिर २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्