चालू आर्थिक वर्षमा चार–पाँच प्रतिशत मात्रै आर्थिक वृद्धि : गभर्नर अधिकारी
आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण चार पाँच प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने भनाई अधिकारीको छ।काठमाडौं, मंसिर २० : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा चार–पाँच प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताएका छन्।
संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्नेक्रममा उक्त भनाई राखेका हुन्।
आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण चार पाँच प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने भनाई अधिकारीको छ।
सरकारले गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा सिमित भएको थियो । उनले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको बताएका छन्।
प्रकाशित मिति: १५:४० बजे, बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृतमंगलबार, मंसिर ११, २०८१