Kathmandu Press

व्यापार घाटा र आयात दुवै घट्याे : राष्ट्र बैंक

राष्ट्र बैंकले लामो समयसम्म घटिरहेको आयात गत असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आइपुग्दा पुनः ३.८ प्रतिशतले घटेको बताएको छ।
व्यापार घाटा र आयात दुवै घट्याे : राष्ट्र बैंक

काठमाडौं, मंसिर २० : नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जानकारी दिएको छ।

राष्ट्र बैंकले लामो समयसम्म घटिरहेको आयात गत असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आइपुग्दा पुनः ३.८ प्रतिशतले घटेको बताएको छ।

Hardik ivf

अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे संक्षिप्त विवरणमा व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको उल्लेख छ। असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको तथा चालु खाता ५९ अर्बले बचतमा रहेको जनाइएको छ।

यस्तै विदेशी लगानीको आप्रवाह पनि बढेको भनाई राष्ट्र बैंकको छ । जस्का कारण शोधानान्तर बचत असोज मसान्तसम्म रु. ९९ अर्ब कायम हुन गएको छ।

अघिल्लो वर्षको असोजसम्म ८ करोड हाराहारी विदेशी लगानी आएकोमा चालु आर्थिक वर्षको असोजसम्म बृद्धि भएर ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको विवरण पनि राष्ट्र बैंकले समितिमा राखेको छ।

 

प्रकाशित मिति: १४:१४ बजे, बुधबार, मंसिर २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्