Kathmandu Press

जाजरको भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन थालियो

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
जाजरको भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन थालियो

जाजरकोट, मंसिर २० : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ।

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। उहाँका अनुसारप्रति मृतक दुई लाख रुपैयाँका दरले रकम वितरण गरिएको हो।

Hardik ivf

क्रमशः सबै पालिकामा गएर अबको तीन÷चार दिनमा बिमा रकम वितरण गरिसक्ने जिसीले बताए। प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो। उनले भने, ‘चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौं।’

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी छन्।

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्