Kathmandu Press

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’

उनले त्यो बचतकर्ताको पैसा भएको बताउँदै उनले ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु भएको बताए।
‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’

काठमाडौं, मंसिर १९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्।

नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने ऋण तिर्दिन भन्नु समस्याको समाधान नभएको बताए। उनले त्यो बचतकर्ताको पैसा भएको बताउँदै उनले ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु भएको बताए।

Hardik ivf

‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ। त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो,’ उनले भने।

नेपालको अर्थतन्त्र विग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गरेकोे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारण यसको कारक बनेको बताए।

थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्डको आयात रोकिएपछि उद्योग नै नेपाल आएको उनले बताए।

प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्