Kathmandu Press

‘अर्थतन्त्र चलायमान बनाउन घरजग्गा कारोबारलाई सबल र सरल बनाउनुपर्छ’

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यहीअनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने बताए।
‘अर्थतन्त्र चलायमान बनाउन घरजग्गा कारोबारलाई सबल र सरल बनाउनुपर्छ’

काठमाडौं, मंसिर १८ : नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्नेमा घरजग्गा व्यवसायीहरुले जोड दिएका छन्।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यहीअनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने बताए।

अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता घरजग्गा कोरोवारले गति लिन नसकेसम्म समाधान नहुने बताउनुभयो। घरजग्गा कारोवार सुस्त हुँदा राज्यको ३० देखि ५० अर्वसम्मको राजस्व गुमिरहेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव रामसुन्दर बकेले नेपालमा अहिले घरजग्गाको कारोवारको अवस्था संविधानले प्रत्याभूत गरेको अधिकारभन्दा बाहिर गएर सरकारले असान्दर्भिक नियमावली ल्याएर अवरोध खडा गरेको बताए। 


 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्