पर्यटन व्यवसायीलाई मन्त्री भट्टराईले भने- नआत्तिनुस्, अभिभावकका रूपमा राज्य छ
काठमाडौं, फागुन २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन व्यवसायीहरुलाई नआत्तिन आग्रह गरेका छन्।
बुधबार म....

काठमाडौं, फागुन २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन व्यवसायीहरुलाई नआत्तिन आग्रह गरेका छन्।
बुधबार मन्त्रालयमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अभिभावकका रुपमा राज्य रहेको बताउँदै व्यवसायीहरुलाई प्रशस्त सूचना लिन, विश्लेषण गर्न र संयमताका साथ निर्णय लिन आग्रह गरेका हुन्।
उनले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन उद्योगमा पार्न सक्ने असरबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डलाई निर्देशन दिए। भाइरसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गर्ने 'एक्सन टिम' बनाउन उनले निर्देशन दिए। साथै, पर्यटन क्षेत्रसँग आवद्ध सबै संघ संस्था तथा विज्ञलाई सरकारले चाल्नुपर्ने कदमबारे तीन दिन भित्र लिखित सुझाव दिन आग्रह गरे।
उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बाहेक पर्यटकको धेरै आवातजवत हुने विमानस्थलहरुमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी हेल्थ डेस्क राख्ने प्रक्रियाअघि बढाइएको बताए।
छलफलमा उपस्थित पर्यटन व्यवसायीले करिब एक वर्षदेखि डेढ वर्षको कार्य योजना बनाएर काम गर्न सरकारलाई सुझाव दिएका छन्। साथै, उनीहरुले पर्यटककाे सिजनमै भाइरसको असर परेकाले पर्यटन उद्योगलाई बचाइराख्न बैंकको व्याजदरमा सहुलियत दिनुपर्ने माग गरेका छन्।











-1784539922.jpg)