नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने प्रहरी नायब निरीक्षक कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, फागुन २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरूद्ध भ्रष्टाचार मुद्....

काठमाडौं, फागुन २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कार्कीले भारतको मगध विश्वविद्यालयबाट ‘वि कम’ उत्तिर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएका थिए। उनलाई अख्तियारले झुठ्ठा प्रमाणपत्र पेश गरेको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालतमा मुद्दा दायर गरेको हो।
प्रकाशित मिति: १७:१२ बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784539922.jpg)