Kathmandu Press

सुनको मूल्यमा नयाँ उचाइ, तोलाकाे १ लाख २१ हजार ६ सय

आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु ८ सयले बढेर प्रतितोला रु १ लाख २१ हजार ६ सय पुगेको हो।
सुनको मूल्यमा नयाँ उचाइ, तोलाकाे १ लाख २१ हजार ६ सय

काठमाडौं, मंसिर १८ : नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ।

आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार ६ सय पुगेको हो। नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ।

आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो। साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ।

प्रकाशित मिति: १२:२० बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्