Kathmandu Press

इन्डोनेसियाको मारापी हिमालमा विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ बेपत्ता

इन्डोनेसियाको मारापी हिमालमा विस्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ बेपत्ता

जाकार्ता, मंसिर १८ : इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामाुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ। सो विस्फोटमा १२ जना आरोही बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति त्यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकाल्न सकिएको थिएन।

‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन्।

सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाईे कार्य कठिनाई भएको र उद्दार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्दार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरण चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ।

 

प्रकाशित मिति: ११:२१ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्