Kathmandu Press

सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्यु 

वीरेन्द्रनगर, फागुन २१ :  सुर्खेतको गल्छेनामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। 

सुर्खेतमा जीप दुर्घटना, तीन जनाको मृत्यु 
सांकेतिक

वीरेन्द्रनगर, फागुन २१ :  सुर्खेतको गल्छेनामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। 

बुधबार दैलेखको धरमपोखराबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप वीरेन्द्रनगर–१५ राउटे गल्छेनामा दुर्घटना भएको हो।

दुर्घटनामा परी बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी श्रीमती ३९ वर्षीया गोमा बीसी र सुर्खेतका ५० वर्षीय देवबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए। 

जीप सडकबाट झण्डै चार सय मटिर तल खसेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्