सुनको मूल्य हालसम्मकै उच्च, आज मात्रै ताेलामा ८ सय बढ्याे
शुक्रबार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, मसिर १७ : साताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ।
आज सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार दुई सय रुपैयाँ कायम भएको छ। आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ।
प्रकाशित मिति: १२:५० बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












