Kathmandu Press

भारतले लगायो सिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा रोक

काठमाडौं, फागुन २१ : कोरोना भाइरसको कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ।

भाइरस संक्....

भारतले लगायो सिटामोलसहित २६ प्रकारका औषधि निर्यातमा रोक

काठमाडौं, फागुन २१ : कोरोना भाइरसको कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ।

भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने भन्दै उक्त समयमा हुनसक्ने औषधि अभावको सामना गर्न यस्तो निर्णय लिनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुअघि सरकासँग अनुमति लिनु पर्ने समाचारमा जनाइएको छ। मुलुकको आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्