उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा, मंसिर १७ : उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन्।
सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्थानीय समय अनुसार बिहान १स्०० बजे सो आक्रमण भएको हो। घटनाको अनुसन्धान जारी छ।
प्रकाशित मिति: ११:४७ बजे, आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
