Kathmandu Press

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा  दुई जनाको मृत्यु

घटना प्रान्तको खैबर जिल्लामा भएको हो।  बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले  सो टोलीलाई निशाना बनाएको  प्रहरीले जनाएको छ। 
पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा  दुई जनाको मृत्यु

इस्लामाबाद, मंसिर १६ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना प्रान्तको खैबर जिल्लामा भएको हो।  बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले  सो टोलीलाई निशाना बनाएको  प्रहरीले जनाएको छ। 

Hardik ivf

प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतंककारीको मृत्यु भएको  हो। फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्