सुर्खेतमा जीप दुर्घटना, तीनको मृत्यु
सुर्खेत, फागुन २१ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित गल्छेनामा जीप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भए....

सुर्खेत, फागुन २१ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित गल्छेनामा जीप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।
बुधबार दैलेखको धरमपानीबाट सुर्खेत आउदै गरेको जीप गल्छेनामा दुर्घटना भएको हो। यात्रु बोकेको जीप एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार, घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकको सनाखत हुन सकेको छैन।
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784539922.jpg)