एनसेलको सेयर विवादमा २५ गते उच्च अदालतमा छलफल हुने
काठमाडौं, मंसिर १५ : एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध दायर भएको एक रिटमा उच्च अदालत, पाटनले पक्षविपक्षलाई छलफलमा डाकेको छ।
उच्च अदालतका न्यायाधीश न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले विपक्षीसँग लिखित कारण माग गर्दै छलफलमा झिकाएको हो।
एनसेलको शेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध अन्तरिम आदेश दिने वा नदिने बिषयमा दुवै पक्षको छलफल सुनेर मात्र निर्णय दिनुपर्ने इजलासले आदेशमा जनाएको छ।
उक्त विवादमा अन्तरिम आदेशमाथि छलफलका लागि आगामी मंसिर २५ गतेलाई डाकिएको छ। व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई लगतार घटेको सुनको मूल्य बुधबार बढ्योबुधबार, मंसिर १२, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१