१३ वर्षीया बालिका बलात्कृत, ३४ वर्षीय युवक पक्राउ
प्रहरी करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
झापा, मंसिर १५ : झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरी करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
