प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरू
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सुरू गरिएको छ।
प्रधानम....

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सुरू गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको छ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घन्टा लाग्ने अस्पतालले जनाएको छ। अस्पतालका प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म चिकित्सक टोलीले प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण गर्नेछन्।
मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो। ओली मिर्गौला प्रत्यारोपणकाे लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
प्रधानमन्त्री ओलीलाई उनकै भान्जीले मिर्गौला दान गर्न लागेकी हुन्। यसअघि प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।











-1784539922.jpg)