छाउपडीविरुद्ध सरकारी अभियान : आठ हजार बढी छाउगोठ नष्ट
काठमाडौं, फागुन २१ : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ। छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्ट....

काठमाडौं, फागुन २१ : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ। छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुसार हालसम्म आठ हजार ६ सय १७ छाउगोठ भत्काइएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार तीन सय ८२ र कर्णाली प्रदेशमा दुई हजार दुई सय ३५ छाउगोठ भत्काइएको छ । हालसम्म सबैभन्दा धेरै अछाम जिल्लामा चार हजार आठ सय ९७ र सुर्खेतमा एक हजार नौ सय २४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।
यस्तै बाजुरामा पाँच सय १०, डोटीमा तीन सय ४२, कैलालीमा दुई सय ७३, दैलेखमा दुई सय ५९, कञ्चनपुरमा एक सय ९७, बझाङमा एक सय ४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइएको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका नौ सय ६५ घरपरिवारलाई छाउपडीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। यसमा कर्णाली प्रदेशमा चार सय ९९ र सुदूरपश्चिम प्रदेशमा चार सय ६६ घरपरिवार रहेका छन् । सरकारले छाउगोठसम्बन्धी जनचेतना फैलाउन एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको थियो। यस्तै सरकारले छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय गरेको थियो।











-1784539922.jpg)