राष्ट्रिय सभाका १८ नयाँ सदस्यले लिए सपथ
काठमाडौं, फागुन २१ : राष्ट्रिय सभामा नवनिर्वाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित ....

काठमाडौं, फागुन २१ : राष्ट्रिय सभामा नवनिर्वाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन्।
शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल रहेका छन्।
त्यस्तै, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन्। समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिइका छन्।
त्यस्तै, सङ्घीय संसद् सचिवालयले उनीहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो। राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ। पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल परेका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो।
स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ। शपथग्रहण समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष, राष्ट्रिय सभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो।











-1784539922.jpg)