एमसीसी पारित गर्नुपर्छ : देउवा
धनगढी, फागुन २१ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग एमसीसी पारित गर्नुपर्ने भएका छन्।
बुधबार धनगढीमा आयोजित पत्रका....

धनगढी, फागुन २१ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग एमसीसी पारित गर्नुपर्ने भएका छन्।
बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएको बताए। उनले एमसीसी नेपालको हित हुने बताउँदै देउवाले भने, ‘यसमा विरोध गरिनु हुँदैन।’
उनले अहिले भ्रष्टाचार मौलाएको बताए। अहिलेको सरकारले भ्रष्टाचार र कमिसनमा मात्रै ध्यान दिएको उनको आरोप थियो। सभापति देउवाले कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आग्रह गरे। यो रोग अत्यन्तै खतरनाक र डरलाग्दो भएकाले सबैले सतर्कता अपनाउनु पर्ने उनको भनाइ थियो।
‘यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ,’ देउवाले भने।











