टिपरको ठक्करबाट बाजे र नातिनीकाे मृत्यु
विराटनगर, फागुन २१ : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार....

विराटनगर, फागुन २१ : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
टेम्पो चालक ग्रामथान गाउँपालिकाका ४५ वर्षीय बाबुुराम सरदार र उनकी ६ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए।
घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन्। दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ११:३४ बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











