सुनको मूल्यमा नयाँ कीर्तिमान
बुधबार सुनको मूल्यप्रति तोला १ हजार ६ सय रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, मंसिर १३ : नेपाली बजारमा सुनको भाउले लगातार नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्लो केही दिन निरन्तर बढी रहेको सुनको मूल्य बुधबार अहिलेसम्मकै उच्चविन्दूमा पुगेको छ।
बुधबार छापावाल सुनको मूल्यप्रति तोला १ हजार ६ सय रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो। ने
प्रकाशित मिति: १४:३४ बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












