आजियाटा एनसेलबाट बाहिरिने
एनसेलबाट छाड्ने निर्णय गर्दै आजियाटाले सबै सेयर बिक्रीमा राखिएको जनाएको छ। आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो।
काठमाडौं, मंसिर १३ : मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने भएको छ।
एनसेलबाट छाड्ने निर्णय गर्दै आजियाटाले सबै सेयर बिक्रीमा राखिएको जनाएको छ। आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो।
एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ।
आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने बताइएको छ। एनसेलमा उनीहरुको अहिले २० प्रतिशत लगानी छ।
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












