Kathmandu Press

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ बाट

मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहनेछन्।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ बाट

काठमाडौं, मंसिर १२ : नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ गतदेखि आयोजना हुने भएको छ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्ष मंसिर १४ गतदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुने जानकारी दिएको हो।

Hardik ivf

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट पनि सहभागिता हुने महासंघले जनाएको छ। त्यस्तै मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहनेछन्।

कुल २१० वटा स्टलहरुमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी रहने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। मेलाले स्वदेशी बस्तुको प्रवद्र्धन गर्न मद्धत पुग्ने उनले बताए।

मेलाका अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए।

कोभिड महामारीपछि हुन लागेको मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्