दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्युको मृत्यु भएको छ।
जोहानेसबर्ग, मंसिर १२ : दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्युको मृत्यु भएको छ।
रस्टेनबर्ग खानीमा भएको सो दुर्घटनामा ७५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि मंगलबार खानीको सबै काम बन्द गरिएको छ। घटनाको विस्तृत अनुसन्धान थालिएको बताइएको छ।
दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो। यहाँ यस्ता दुर्घटनाहरू सामान्य मानिन्छ।
प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)