Kathmandu Press

अष्ट्रियाकी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं, फागुन ९ : युरोपियन मुलुक अष्ट्रियाकी विदेशमन्त्री करिन क्नाइसल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीनदिने भ्रमणका लागि आज काठमाड....

अष्ट्रियाकी विदेशमन्त्री नेपाल आउँदै
एजेन्सी

काठमाडौं, फागुन ९ : युरोपियन मुलुक अष्ट्रियाकी विदेशमन्त्री करिन क्नाइसल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदैछिन् ।

अष्ट्रियाली प्रतिनिधिमण्डलको नेतृत्व गदै उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री क्नाइसलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, शुक्रबार नै उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय भेटघाट र याक एण्ड यति होटलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछिन् । याक एण्ड यति होटलमा उनले ‘नेपाल –अष्ट्रिया साझेदारीका ६० वर्ष : उर्जा, क्षेत्रीय  र विश्वव्यापी प्रवृत्ति’ का बारेमा बोल्ने छिन् ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विदेशमन्त्री क्नाइसल शनिबार नै काठमाडौंबाट फर्किने छिन् ।

 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, फागुन ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्