सुनको मूल्य हालसम्मकै उच्च
सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, मंसिर १२ : नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ।
सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १४:१२ बजे, मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












