Kathmandu Press

कार्यस्थलमा कोरोनाभाइसबाट सुरक्षित रहने केही टिप्स

चीनबाट फैलिएको कोभिड १९ ले सारा विश्वनै आक्रान्त छ। ८५ हजारजति संक्रमित भएका छन्। करिब तीन हजारले ज्यान गुमाएका छन्। अझै धेरै देशहरूमा संक्रमण देखा पर्दैछ। सारा विश्व ....

कार्यस्थलमा कोरोनाभाइसबाट सुरक्षित रहने केही टिप्स

चीनबाट फैलिएको कोभिड १९ ले सारा विश्वनै आक्रान्त छ। ८५ हजारजति संक्रमित भएका छन्। करिब तीन हजारले ज्यान गुमाएका छन्। अझै धेरै देशहरूमा संक्रमण देखा पर्दैछ। सारा विश्व नै त्रासदपूर्ण अवस्थामा छ।

नोभल कोरोनाभाइरस नलागोस् भनेर हामी सबैले आवश्यक ध्यान पुर्‌याउनु उत्तिकै आवश्यक छ। त्यसैले खोकी, ज्वरो, नाकबाट सिंगान बग्ने, घाँटी दुख्ने र सास फेर्न समस्या हुने सामान्य लक्षणलाई ध्यान दिनु कोरोनाभाइरसको रोकथामका लागि महत्त्वपूर्ण हुन्छ।

Hardik ivf

“केहि व्यक्तिलाई अझ गम्भीर समस्या हुनसक्छ। निमोनिया वा सास फेर्न कठिनाइ हुनसक्छ,” विश्व स्वास्थ्य संगठनले एउटा वक्तव्यमा जनाएको छ,
“दुर्लभ भए पनि रोगले ज्यान जानसक्छ। पाका व्यक्ति र मधुमेह तथा मुटुरोगजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई बढि जोखिम हुने देखिन्छ।”

तर कार्यस्थलमा संक्रमणको रोकथामका लागि के गर्न सकिन्छ?

“बिरामी कर्मचारीलाई घरमै बस्न प्रोत्साहन गर्नुपर्छ,” अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले सुझाव दिएको छ। प्यारासिटामोल वा ज्वरो घटाउने अन्य कुनै पनि औषधि नखाइ कम्तिमा पनि २४ घण्टासम्म बिरामीको तापक्रम १००.४ डिग्री फरेन्हाइटभन्दा तल नभएसम्म काममा नफर्किन सिडिसिको सुझाव छ। 

कार्यालयमा टेबल र कुर्सिजस्ता सतह नियमित सफा गर्नुपर्ने सिडिसिले जनाएको छ।

जर्नल अफ हस्पिटल इन्फेक्सनमा हालै प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार कोरोनाभाइरस सतहमा नौ दिनसम्म बाँच्न सक्छन्। त्यसैले कोरोनाभाइरसबाट अधिकतम सुरक्षाका लागि सार्वजनिक स्थलका सतहहरू नियमित रूपमा सरसफाइ गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

“प्रयोग गर्नुअघि सतह सफा गर्नलाई कर्मचारीलाई डिस्पोजेबल वाइप्स दिनुहोस्। खोक्दा वा हाँछ्यु गर्दा नाक मुख छोप्नुहोस्,” सिडिसिले जनाएको छ।
 

प्रकाशित मिति: ०६:२४ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्