Kathmandu Press

उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भएको सङ्घर्षमा आठ आतंकवादीको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भएको सङ्घर्षमा आठ आतंकवादीको मृत्यु

इस्लामाबाद, मंसिर ११ : पाकिस्तानको उत्तर–पश्चिमी  खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ। 

सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारवाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ। 

'कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतंकवादी मारिए,' कारवाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको उल्लेख गर्दै आइएसपिआरले भनेको छ।

मारिएका आतङ्कवादीहरू सुरक्षा बलका साथै निर्दोष नागरिकविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरूपमा सामेल भएको विज्ञप्तिमा उल्लेख छ। उक्त क्षेत्रमा आतङ्कवादीहरूको अस्तित्वलाई समाप्त पार्नका लागि यस्ता कारवाहीहरू सञ्चालन भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्