पाउण्डको भाउ अहिलेसम्मकै उच्च
आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ।
काठमाडौं, मंसिर ११ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। हिजोको तुलनामा डलरको भाउ स्थिर रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६० पैसा र बिक्री दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ।
प्रकाशित मिति: ०८:४९ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












