महोत्तरीमा एक महिला शङ्कास्पद अवस्थामा मृत फेला
महोत्तरी, फागुन २० : महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा २१ वर्षीया विवाहित महिला शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्। राकेश झाँकी ....

महोत्तरी, फागुन २० : महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा २१ वर्षीया विवाहित महिला शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्। राकेश झाँकी पत्नी कञ्चन झा मंगलबार बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अस्वभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारले भुण्डिएको अवस्थामा आफुहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ। परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् । घटना शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ।











