Kathmandu Press

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

काठमाडौं, फागुन २० : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलालाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेक....

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

काठमाडौं, फागुन २० : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलालाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको छ। सङ्घले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै हालसम्म तीन प्रतिशत महिलाले मात्र पार्टीको सो सदस्यता पाउन सकेको जानकारी गराउँदै सो माग गरेको हो। 

पार्टीको विधानमा आगामी १४औँ महाधिवेशनबाट लागू हुने गरी वडा समितिदेखि केन्द्रीय समितिसम्म एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। गाउँगाउँमा सङ्गठन गर्न दुःख गरेका तथा पार्टीका हरेक कार्यक्रममा सक्रिय रुपमा भूमिका निर्वाह गरेका महिला अझै पनि पार्टीको क्रियाशील सदस्यता पाउनबाट वञ्चित रहेको सङ्घका  अध्यक्ष उमा रेग्मीले बताइन्।

सो पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि फागुन १६ गतेदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ। पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको पार्टीले जनाएको छ। सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्