कोशीमा ३६ अर्ब ७४ करोडको बजेट
सरकार परिवर्तन र अस्थिरताका कारण जेठ मसान्तभित्रै बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएपनि आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेको समयमा कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट भन्दा करिब ४० करोड बढीको बजेट ल्याएको हो।
मोरङ, मंसिर ९ : कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्ष ०८०÷८१ को लागि ३६ अर्ब ७४ करोड ३५ लाख रुपैया बराबरको बजेट ल्याएको छ।
कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन र अस्थिरताका कारण जेठ मसान्तभित्रै बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएपनि आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेको समयमा कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट भन्दा करिब ४० करोड बढीको बजेट ल्याएको हो।
तत्कालिन मुख्यमन्त्री हिक्मत कार्कीले गत जेठ ३२ गते ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको बजेट पेश गरेका थिए।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्र्री कार्कीले शनिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेश गरे।
कोशी प्रदेश सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा पूँजीगत तर्फ २० अर्ब ३८ करोड १५ लाख रुपैया र चालू खर्च तर्फ १२ अर्व ६८ करोड १० लाख रुपैया छुट्याएको छ भने स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अरब ६६ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
मुख्यमन्त्री कार्कीले पेश गरेको प्रतिस्थापन विधेयक प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। प्रतिस्थापन विधेयक माथि आइतबारदेखि सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।




-1777018433.jpg)







