Kathmandu Press

उदयपुरमा पिकनिक गएकाे स्कुल बस दुर्घटना, २५ जना घाइते

उदयपुरमा पिकनिक गएकाे स्कुल बस दुर्घटना, २५ जना घाइते

उदयपुर, मंसिर ९ : वनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा उदयपुरमा शनिबार २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा बालबालिका र अभिभावक पनि छन्।

उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Hardik ivf

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार वनभोज मनाएर फर्कने क्रममा बस दुर्घटना भएको हो।

उक्त बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ। दुर्घटनालगत्तै घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल पुर्‍याइएको छ।

सिकिस्त अवस्थाका केही घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्