कोरोना प्रभावित देशमा जाने कामदार रोक्ने तयारीमा श्रम मन्त्रालय
काठमाडौं, फागुन २० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गर्ने तयारी गरेको ....

काठमाडौं, फागुन २० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गर्ने तयारी गरेको छ। सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिना अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई दिएको आदेश अनुसार मंगलबार नै यसबारे निर्णय गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्त सुमन घिमिरेका अनुसार सर्वोच्चले तोकेको पाँच देश र अन्य कुन/कुन देशमा भिषा रोक्ने भन्ने विषयमा छलफल भइरहेको छ। उनले भने, 'विश्वभर कोरोनाको त्रास बढ्न थालेको छ, केही दिन अघि मात्रै बहराइन जान लागेका ३० जना नेपाली कामदारलाई दुबईबाट पनि फर्काइएको छ।' उनले विभिन्न देशमा श्रमिक भएर जानुअघि उक्त देशले प्रवेशमा रोक लगाएको वा नलगाएबारे बुझेर मात्रै जान नेपाली कामदारलाई आग्रह गरे।
वैदेशिक रोजगार विभागले यसअघि नै दक्षिण कोरियामा नेपाली कामदार जान रोक लगाएको छ।











